१२ श्रावण २०८१, शनिबार

सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेल सम्मानित

प्रकाशित मिति :  9 June, 2024 1:37 pm


काठमाडौँ । सौर्य एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेल सम्मानित भएका छन् । नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयान विभागद्वारा हिजो (शनिबार) काठमाडौँमा आयोजित कार्यक्रममा पोखरेल सम्मानित भएका हुन् ।

उनलाई पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र उक्त विभागका प्रमुख भीम आचार्यले सम्मान पत्र प्रदान गरेका थिए ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान गरेको भन्दै उनलाई सम्मान प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !