१२ श्रावण २०८१, शनिबार

ओलीले समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त भनेर हिँड्नु लज्जास्पदः झलनाथ खनाल

प्रकाशित मिति :  9 June, 2024 1:59 pm


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी क्रान्तिको युगमा पनि एमालेले मार्गदर्शक सिद्धान्त जबज भनेर हिँड्नु लज्जास्पद भएको टिप्पणी गरेका छन् ।

आइतवार काठमाडौँमा आयोजित ‘नेपालमा समाजवादी क्रान्ति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेले माक्र्सवाद, लेनिनवाद भन्दा पहिला जबज लेखेर आजको समाजवादी क्रान्तिको युगमा लाजमर्दो काम गरेको जिकिर गरेका हुन् ।

उनले समाजवादका कुरा गर्नेहरूले त्यसको वैचारिक र सैद्धान्तिक चुनौतिहरुलाई पहिचान गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याए । नेता खनालले एमाले अध्यक्ष केपी ओलीलाई बुर्जुवा विचारले अधोपतनतिर रुपान्तरण गरिदिएको दाबी गरे । १४ वर्ष जेल बसेका ओलीले अहिलेको समाजवादी युगमा पनि जबजलाई मार्गदर्शक सिद्धान्त मानेर अधोपतनको बाटोमा लागेको सम्मानित नेता खनालको भनाइ थियो ।

सम्मानित नेता खनालले एमालेसँगको भिन्नतालाई स्पष्ट पारेर मात्रै पार्टीलाई अघि बढाउन सकिने पनि बताए ।



प्रतिक्रिया दिनुहोस !