१२ श्रावण २०८१, शनिबार

हराएका १९ वटा दुई पाङ्ग्रे सवारी साधन भेटिए, सम्बन्धितलाई हस्तान्तरण

प्रकाशित मिति :  9 June, 2024 4:11 pm


काठमाडौँ । विभिन्न मितिमा हराएका १९ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले आइतबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १३ वटा मोटरसाइकल र ६ वटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा नागढुङ्गा, बौद्ध, एयरपोर्ट, काडाँघारी, सुकेधारा, महाराजगञ्ज, नयाँबसपार्क, नेपालटार, माकलबारी, स्वयम्भू, सोह्रखुट्टे र ठमेल लगायतका स्थानबाट हराएका उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका १९ वटा सहित ३८३ ओटा सवारी साधन चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !