१२ श्रावण २०८१, शनिबार

बचतकर्ताको ७ करोड हिनामिना गरेको आरोपमा स्क्वायर सहकारीका तीन जना पक्राउ

प्रकाशित मिति :  9 June, 2024 5:59 pm


काठमाडौँ । स्क्वायर बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले सञ्चालकहरूलाई पक्राउ गरेको छ । संस्थाको ७ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले काठमाडौँ कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं पक्राउ परेका हुन् ।

सहकारीको सात करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन भएको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको सीआईबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

सहकारीको कार्यालय काठमाडौं नगरपालिका वडा नम्बर २३ स्थित मखनमा छ । पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीका प्रवक्ता तथा एसपी बोगटीले बताए।



प्रतिक्रिया दिनुहोस !