१२ श्रावण २०८१, शनिबार

भीरकोट नगरपालिका प्रमुखका स्वकीय सचिवलाई पालिकाकाे बजेटबाट भ्रमण खर्च

प्रकाशित मिति :  9 June, 2024 7:15 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाका नगरप्रमुखका स्वकीय सचिवले ऐन विपरित २३ हजार रुपैयाँ भ्रमण खर्च गरेका छन् ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७९\८० मा नगरप्रमुख गोविन्द कर्मचार्यका स्वकीय सचिव आयुष पौडेले उद्देश्य बेगरको काठमाडौँ- पोखरा भ्रमणमा २३ हजार १ सय रुपैयाँ खर्च गरेको खुलेकाे छ ।

प्रतिवेदनमा भनिएको छ, “पदाधिकारीको सुविधा सम्बन्धी ऐन, २०७७ ले नगरपालिका प्रमुखले रा प अनंकित द्धितीय श्रेणीसम्मको तलब भुक्तानी गरि एक जनासम्म स्वकीय सचिव राख्न पाउने व्यवस्था रहेको छ । सो बाहेक ऐनमा स्वकीय सचिवलाई अन्य कुनै किसिमको भत्ता भुक्तानी गर्न मिल्ने व्यवस्था छैन ।”

प्रतिवेदनले पालिकाले नगरप्रमुखका स्वकीय सचिव पौडेललाई पटकपटक ठोस उद्देश्य बेगरको काठमाडौँ, पोखरा भ्रमणका लागि भ्रमण खर्च भुक्तानी गरेको जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !