१२ श्रावण २०८१, शनिबार

रुकुम पश्चिममा गाडि दुर्घटना, ३ को मृत्यु, ३ जना घाइते

प्रकाशित मिति :  10 June, 2024 7:20 am


काठमाडौँ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ गिलवाङमा वर्ल्डलिंक कम्युनिकेसनको कर्णाली प्रदेश ०२००१ च ०४१३ नम्बरको गाडी दुर्घटना भएको छ ।

आइतवार राती साढे आठबजेटतिर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन्।

दुर्घटनामा ठाकुरबाबा नगरपालिका –५ का २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडी सडकबाट करिब चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । गाडी बाँफिकोट गाउँपालिका–४ को छिनखेतबाट जिल्ला सदरमुकाम मुसीकोटतर्फ आउँदै गर्दा गिलवाङ नजिकै दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते हुनेहरूमा रुकुम पश्चिमको बाँफिकोट–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दियाको ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र बर्दियाको ठाकुरबाबा–५ कालीगौडीका २७ वर्षीय आरएन भनिने टीकाराम खनाल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ठाकुरबाबा नगरपालिका –५ का २७ वर्षीय सौगात विक, सुर्खेतको गुर्भाकोट नगरपालिका–८ का ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेतकै बराहताल गाउँपालिका बड्डीचौरका २२ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको हो ।



प्रतिक्रिया दिनुहोस !