एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछः ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन्।
समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो ।
एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो । आईतवार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए।
उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने जनाए।
अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराए।
—न्युज एजेन्सी नेपाल