१२ श्रावण २०८१, शनिबार

मोदी–प्रचण्ड भेटवार्ता, द्विपक्षीय हितका विषयमा छलफल

प्रकाशित मिति :  10 June, 2024 8:00 am


काठमाडौँ । तेस्रो पटक भारतको प्रधानमन्त्रीका रुपमा सपथ लिएका नरेन्द्र मोदीलाई नेपालका प्रभानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेर बधाई दिएका हुन्।

सपथग्रहण समारोहमा आइतवार भारत पुगेको नेपालको प्रतिनिधिमण्डलसँग मोदीले भेटघाट गरेका छन् । भेटमा प्रधानमन्त्री प्रचण्डले बधाई ज्ञापन गर्दै तेस्रो कार्यकालमा नेपाल र भारतबिचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका हुन्।

भेटमाा विगतमा भएका समझदारी एवं सम्झौताहरु र भारतबिच रहिआएको आपसी सम्बन्ध थप सुदृढ गर्ने विषयमा छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डका साथमा उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्ड सामेबार साँझ स्वदेश फर्कने छन्।



प्रतिक्रिया दिनुहोस !