१२ श्रावण २०८१, शनिबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टा बन्द हुने

प्रकाशित मिति :  10 June, 2024 11:35 am


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आधा घण्टा उडान तथा अवतरण बन्द गरिने भएको छ ।

दिउँसो १ देखि साढे १ बजेसम्म विमानस्थल बन्द हुने सार्वजनिक सूचनामार्फत् जानकारी गराइएको छ । हवाई उडान, सुरक्षा, मेडिकल एवं उद्धारसँग सम्बन्धित अभ्यास गर्न विमानस्थल बन्द गर्न लागिएको हो ।

विमानस्थल वरिपरिको आकाशमा धुवा साथै दमकल, सुरक्षाकर्मी र एम्बुलेन्स तथा अन्य गतिविधिको अभ्यास गरिने बताइएको छ ।

विमानस्थल संकटकालीन योजनाको अभ्यास गरिनुपर्ने अन्तर्राष्ट्रिय नागरिक उड्ड्यन संगठनको मापदण्ड र एयरपोर्ट इमजेन्सी प्लानअनुसार उक्त कार्य गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !