१२ श्रावण २०८१, शनिबार

निजी वनको दिगो व्यवस्थापन अति आवश्यकः उपराष्ट्रपति

प्रकाशित मिति :  10 June, 2024 12:22 pm


काठमाडाैँ ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले निजी वनको दिगो व्यवस्थापन अति आवश्यक रहेको बताएका छन् ।

सोमवार काठमाडौँमा पारिवारिक निजी वन संघले नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकमा काष्ठ र गैरकाष्ठ वन पैदावरको सहज आपूर्तिको व्यवस्था गर्नसके देशको आर्थिक समृद्धि र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले बढ्दो बसाईंसराई, महत्वपूर्ण जैविक विविधताका क्षेत्र वरपर बढ्दो अव्यवस्थित शहरीकरण,जनताको पूर्वाधार विकासप्रतिको तिब्र चाहना र आवश्यकता जल तथा वायु प्रदुषण, जलवायु परिवर्तनका कारणले हुने गरेको अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि आदि संरक्षण र दिगो विकासका लागि विद्यमान चुनौतिहरुलाई चिर्न सबै सरोकारवाला पक्ष सचेत र सावधान हुँदै दत्तचित्त भइ अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले वातावरण संरक्षण र वनको दिगो विकासका चुनौतिहरुलाई अवसरका रुपमा परिणत गर्नका लागि सरोकारवाला बचिको सहकार्य, समन्वय र सहभागिताको आवश्यकता निर्विकल्प रहेको पनि बताए । उनले खेर गइरहेको निजी आवादी जमिनमा हरियाली बनाउन छिटो, छरितो बढ्ने बिरुवाहरुको वृक्षारोपण अभियान सञ्चालन गरी जलवायु परिवर्तनका असरलाई न्युनिकरण गर्न सकिने बताए ।

उपराष्ट्रपति यादवले जलवायु परिवर्तनको असर न्युनिकरण तथा अनुकुलनका लागि निजी वनले पु¥याएको योगदानको समीक्षा र मूल्यांकन हुन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !