१२ श्रावण २०८१, शनिबार

भारतका राष्ट्रपतिसँग प्रधानमन्त्री दाहालको शिष्टाचार भेट

प्रकाशित मिति :  10 June, 2024 1:35 pm


काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग भेट गरेका हुन् ।

सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री दाहालबिच नेपाल–भारतबिच सदियौँदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहाल आइतबार साँझ भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए । शपथग्रहणपछि मोदी र दाहालबिच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !