१२ श्रावण २०८१, शनिबार

७ दिन भित्र भाडाका सटर खाली गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

प्रकाशित मिति :  10 June, 2024 2:25 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरू ७ दिन भित्र खाली नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरूले भाडामा दिएका सटरहरु खालि गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यवसायिक प्रयोजनका सटरहरू खाली नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

अनुगनका क्रममा काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौँ महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए ।

उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरूलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए ।

महानगरले आइतवारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरूलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !