१२ श्रावण २०८१, शनिबार

४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै सरकारी बेरुजु फछ्र्यौट

प्रकाशित मिति :  10 June, 2024 2:28 pm


काठमाडाैँ । आर्थिक वर्ष २०१८\१९ देखि आर्थिक वर्ष २०५९\६० का बेरुजु ४० वर्षमा ३६ लाख ४ हजार ४३७ रुपैयाँ मात्रै फछ्र्यौट भएको कुमारी चाक तथा केन्द्रिय तहसिल कार्यालयले जानकारी दिएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयले यस्तो जानकारी दिएको हो । समिति बैठकमा बोल्दै कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय प्रमुख नमूना कार्की दाहालले आर्थिक वर्ष २०१८\१९ देखि आर्थिक वर्ष २०५९\६० सम्मको सरकारी बेरुजुको ३६ लाख ४४३७ रुपैयाँ मात्रै लगत कट्टा गर्न सफल भएको बताए ।

प्रमुुख कार्कीले लागत कट्टा रकम हेर्दा कार्यालयको कार्यक्षमता कमजोर देखिएको स्वीकार गरे । उनले आर्थिक वर्षगत रूपमा बेरुजु लगत कट्टा हेर्दा महालेखापरीक्षकको कार्यालयबाट प्राप्त १६८५ थान प्रतिवेदनका ठेलीहरुलाई कम्प्युटरमा ल्याएपछि १८ अर्ब १६ करोड १३ लाख ३२ हजार ७०७ रहेको बताए । उनले कार्यालयले सरकारी कार्यालयहरूको श्रणपरीक्षण गर्ने,लगत कट्टा गर्ने काम गर्दा अहिलेसम्म १ अर्ब ८८ करोड ७० लाख ६ हजार मात्रै बेरुजु फछ्र्यौट गर्न सफल भएको बताए ।

उनले अझै आर्थिक वर्ष २०१८\१९ देखि आर्थिक वर्ष २०५९\६० सालसम्मको सरकारी कार्यालय वा मन्त्रालयगत बेरजु १५ अर्ब ९ करोड ६ लाख ४२ हजार ५०३ रहेको बताए । राष्ट्रिय योजना आयोगको सचिवालयसहित २८ मन्त्रालयहरूको फछ्र्योट हुन बाँकि बेरुजु चालु विगत ४० वर्षमा १५ अर्ब ९ करोड पुगेको कुमारी चाक तथा केन्द्रिय तहसिल कार्यालयले दिएको जानकारी दिए ।

उनले कार्यालयमा बेरुजु फछ्र्यौट नगर्ने व्यक्तिलाई थुनामा राख्नसक्ने अधिकार भएपनि उपसचिवको नेतृत्व लगायत कर्मचारीको अभावको कारण सोचे जस्तो काम गर्न नसकिएको बताए ।



प्रतिक्रिया दिनुहोस !