१२ श्रावण २०८१, शनिबार

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

प्रकाशित मिति :  10 June, 2024 5:11 pm


काठमार्डाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोस्रोपटक विश्वासको मत पाएका छन्। विश्वासको मतको पक्षमा ३१ मत प्राप्त गर्दा विपक्षमा २८ मत रहेको थियो ।

नेपाली कांग्रेस २७, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा २, स्वतन्त्र सांसद दीपक मनाङे र फणीन्द्र देवकोटासहितको मत पाएपछि मुख्यमन्त्री पाण्डे सरकार जोगाउन सफल भएका हुन्।

एमालेका २२ र माओवादीका ६ सांसदले विपक्षमा मतदान गरेका छन् । माओवादीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।

सोमबार अपराह्न बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ र प्रदेश सभा नियमावली २०८० को नियम १५० बमोजिम विश्वास मत प्रस्ताव राखेका थिए।



प्रतिक्रिया दिनुहोस !