१२ श्रावण २०८१, शनिबार

अस्पतालमा अनियमितता गर्नेहरू केही दिनभित्रै कारबाहीमा पर्छन्ः मन्त्री यादव

प्रकाशित मिति :  10 June, 2024 6:48 pm


काठमाडाैँ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालभित्र अनियमितता गर्नेहरुलाई केही दिनभित्रै निलम्वन गरिने बताएका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले अस्पतालहरूमा अनियमितता हुने गरेको भन्दै केही दिन भित्र अनियमितता गर्नेहरूलाई निलम्वन तथा कारबाही गरिने बताएका हुन् ।

उनले अनियमितता गर्नेहरुलाई रंगेहात पक्रेर आफैँले अख्तियारमा पठाउने बताए । उनले अस्पतालहरूमा भएको बेथिति रोक्न र दोषिलाई समात्न मन्त्रालयले चाँडै नै अस्पतालहरूमा टिम परिचालन गर्ने बताए । उनले राज्यले आमा सुरक्षा कार्यक्रममार्फत अपरेशन गरेर बच्चा जन्माउने आमामा लागि १० हजार रुपैयाँ दिएको भएपनि सम्बन्धितले सो रकम नपाएका बताए ।

उनले राज्यले दिएको सेवा, सुविधा नागरिकलाई नदिएर अस्पताल व्यवस्थापनले नागरिकलाई सास्ती दिइरहेको भन्दै दोष चाहीँ मन्त्री र उच्चपदस्थ व्यक्तिहरुमा जाने गरेको बताए ।

मन्त्री यादवले चिकित्सकहरूलाई सुगमस्थानबाट अन्य स्थानमा सरुवा नगर्न ठूलो स्तरबाट दबाब आउने गरेको बताए। उनले मन्त्रीको कुर्सि नै हल्लिने गरी चिकित्सक सरुवा नगर्न दबाब आउने गरेको बताए ,। उनले सरुवा भएको ठाउँमा चिकित्सक जानैपर्ने अडानमा मन्त्रालय रहेको भन्दै निर्णयबाट पछाडी नफर्किने स्पष्ट पारे ।

मन्त्री यादवले संघीय अस्पतालहरुमा धेरै कमजोरीहरु रहेको र व्यापक सुधारको आवश्यकता रहेको भन्दै आफू सुधारको काममा लागेको बताए ।



प्रतिक्रिया दिनुहोस !