१२ श्रावण २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

प्रकाशित मिति :  10 June, 2024 6:56 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको दुईदिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार भारत गएका थिए ।

प्रधानमन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू,र सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।

भारतमा रहँदा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका थिए । उनले नवनियुक्त भारतीय प्रधानमन्त्री मोदीसँग पनि भेटवार्ता गरे ।



प्रतिक्रिया दिनुहोस !