१२ श्रावण २०८१, शनिबार

मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भयोः प्रधानमन्त्री

प्रकाशित मिति :  10 June, 2024 7:07 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताएका छन् ।

सोमवार भारत भ्रमण सकेर स्वदेश फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्य जस्ता विषयमा गहन कुराकानी कुराकानी भएको बताए । उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र उपयुक्त समयमा भ्रमण गर्ने बताउनुभएको जानकारी दिए ।

उले डा। एस। जयशंकरसँगको भेटमा नेपाल र भारतबिच व्यापार विस्तार लगायत नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा भारतीय लगानी बढाउने बारेमा सकारात्मक कुराकानी भएको बताए ।

प्रधानमन्त्री दाहालले भ्रमणले नेपाल र भारतबिच आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भुमिका निर्वाह गरेको बताए ।



प्रतिक्रिया दिनुहोस !