२३ मंसिर २०८१, आइतबार

तपाईको मंगलबारको भाग्य कस्तो छ ?

प्रकाशित मिति :  11 June, 2024 4:32 am


२०८१ जेठ २९ गते मंगलबारको राशिफल

मेष

मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला ।

वृष

वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न स्थान र विभिन्न तरिकाबाट धन प्राप्त हुनेछन् ।

मिथुन

मिथुन राशिहुनेहरुको आजको दिन अशुभ रहेको छ । अनावश्यक धन खर्च हुनेछ । कार्यमा बाधा अड्चन आइपर्नेछन् । बचत गरेको धन खर्च हुनेछ । आफन्तसँगको सम्बन्ध खटपट हुनेछ ।

कर्कट

कर्कट राशिहुनेहरुको आजको दिन शुभ रहेको छ । नसोचेको काम बन्ने छ । स्वस्थ्य राम्रो हुनेछ । भाग्यले साथ दिने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । बोलेको काम पुरा हुनेछन् ।

सिंह
सिंह राशिहुनेहरुको आजको दिन नराम्रो रहेको छ । तपाईको अपमान हुनेछ । यात्रा गर्दा विचार पुर्याउनु होला । गोप्यरुपमा कार्य गर्न खोज्दा हामी हुनेछ । खर्च बढी हुने छ ।

कन्या
कन्या राशिहुने लागि आजको दिन शुभ रहेको छ । आम्दानीको स्रोत बढ्नेछन् । व्यापारीमा सफलता मिल्नेछ । वाहन लाभ हुनेछ । सम्मान मिल्ने छ ।

तुला
तुला राशिहुनेहरुको लागि आजको दिन राम्रो छ । रोजगारीको लागि नयाँ ढोका खुल्नेछन् । प्रसिद्धि मिल्नेछ । खुशीको कुरा सुन्नु हुनेछ । कृषिकार्यबाट सफलता मिल्नेछ ।

वृश्चिक
वृश्चिक राशिहहुनेहरुको लागि आजको दिन खराब रहेको छ । यात्रा गर्दा विभिन्न समस्या आइपर्नेछन् । भाग्यले साथ नदिँदा बन्न लागेका काम रोकिनेछन् । सम्बन्धमा खटपट हुने छ ।

धनु
धनु राशिको लागि आजको दिन नराम्रो छ । यात्रामा कष्ट हुनेछ । मनमा डर लागि रहनेछ । स्वास्थयमा समस्या आउनेछ । घाउचोटको सम्भावना रहनेछ । अफन्तसँग सम्बन्धमा असर पर्ने छ ।

मकर
मकर राशिको लागि आजको दिन राम्रो रहेको छ । नयाँ काम आइपर्नेछन् । धनसम्पति प्राप्त हुने छ । व्यवसायमा प्रगति हुने छ । पार्टनरबाट सहयोग मिल्नेछ ।

कुम्भ
कुम्भ राशिका लागि आज विभिन्न प्रकारका धन रत्न लाभ हुनेछन् । पढाईमा मन रहनेछ । रोगलाई जित्नु हुनेछ । पढार्ईमा सफलतमा मिल्नेछ ।

मीन
मीन राशि हुनेहरुको लागि आजको दिन व्यवसायमा विभिन्न बाधा आइपर्नेछन् । सन्तानमा स्वास्थ्यको समस्यामा देखिने छ । काममा जाँगर लाग्ने छैन ।



प्रतिक्रिया दिनुहोस !