१२ श्रावण २०८१, शनिबार

काेशीमा हल्का वर्षा, तीन प्रदेशमा हावाहुरीकाे सम्भावना

प्रकाशित मिति :  11 June, 2024 6:36 am


काठमाडौँ। हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मंगलवावर बिहानीपख कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाागका अनुसार बिहानपख कोशी प्रदेशको एक–दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आगामी २४ घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक—दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्विनी, कर्णाली र सदूररपश्चिम प्रदेशको थोरै स्थानहरुमा हावा हुरीको पनि सम्भावना रहेको विभागले जनाएकोछ ।

नियमित समयभन्दा तीन दिन अगाडि पूर्वी नेपालमात्र भित्रिएको मौसमको प्रभाव बिहीवारदेखि बढी देखिने भएको छ । बिहीवार कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएकोछ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।



प्रतिक्रिया दिनुहोस !