६ असार २०८१, बुधबार

मोटरसाइकल चोरीमा संलग्न एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  11 June, 2024 10:46 am


काठमाडौँ । काठमाडौँको माछापोखरीबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई हिजाे (सोमबार) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ३ गतलाङ घर भइ हाल काठमाडौंको कपुरधारा बस्ने १९ वर्षीय सागर तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर परिवर्तन गरी बा ८५ प ६० ६६ नम्बर राखी चलाइरहेको अवस्थामा मोटरसाइकल सहित तामाङलाई हिजाे बिहान ट्राफिक प्रहरीले फेला पारेको थियो ।

नियन्त्रणमा आएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

ग २१ प ५७ ७७ नम्बरको मोटरसाइकल काठमाडौँकै गंगबुबाट हराएको भनि रितिक थापाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !