१२ श्रावण २०८१, शनिबार

‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ विमोचन

प्रकाशित मिति :  11 June, 2024 11:23 am


काठमाडौँ । नेपाली आँखाबाट ‘आधुनिकीकरणको चिनियाँ मार्गको अभ्यास’ नामक पुस्तक विमोचन भएको छ । काठमाडौँमा एक कार्यक्रमकाबिच थ्रि एस मिडियाद्वारा प्रकाशित थ्रु नेपाली आइजः द प्राक्टिस अफ चाइनिज पथ टु मोडरनाइजेशन नामक पुस्तक विमोचन भएको हो ।

यो पुस्तक जनवादी गणतन्त्र चीनको चिनियाँ कम्युनिष्ट पार्टी,अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेपालका कला, संस्कृति, इतिहास र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरुले गरेको ११ दिन लामो चीन भ्रमण सम्पन्न गर्दा चीनबाट बटुलेको अनुभवलाई पुस्तकमा उतारिएको छ ।

आधुनिकीकरणको यात्रामा प्रवेश गर्दै गरेको चीनको सुदूरपश्चिम–दक्षिणको सिचाङ प्रान्त हुँदै सुदूरपूर्व–दक्षिणको तिब्र गतिको आधुनिकीकरणको प्रक्रिया सम्पन्न भएको चच्याङ प्रान्तको यात्रा र वर्तमान आधुनिकीकरणको अनुभव पुस्तकमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य ठाकुर बेलवासेले चिनियाँ नागरिक आधुनिक विकास र अनुसन्धानमा उत्कृष्ट रुपमा लागेको अनुभव गरेको बताए । उनले छिमेकी देशले विश्व मानव विकास र कल्याण्का लागि गरेका कामहरू देखेर आफू भावुक बनेको बताए ।



प्रतिक्रिया दिनुहोस !