१२ श्रावण २०८१, शनिबार

गृहमन्त्रीलाई शाहीको प्रश्न: देश ठूलो कि जीबी राई ?

प्रकाशित मिति :  11 June, 2024 11:53 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले देश ठूलो कि जीबी राई ?’ भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।

जीबी राईलाई जतिसक्दो चाँडो पक्राउ गर्न उनले गृहमन्त्रीलाई आग्रह गरेका छन् ।उनले नेपालको प्रधानमन्त्री भारत भ्रमणमा जाँदा कुनै प्रान्तको मुख्यमन्त्री जस्तो भएको र भारतीय प्रधानमन्त्री नेपाल आउदा भने बाटो बन्द गरेर तामझाम गरिने बताए ।

उनले भने, “हाम्रो देशको प्रधानमन्त्री भारत भ्रमण गर्नुहुन्छ, उहाँ व्यक्तिगत पुष्पकमल दाहालको रूपमा नगएर नेपालको सम्माननीय प्रधानमन्त्रीको हैसियतले भारत जानुहुन्छ, भारतले गर्ने सम्मान प्रधानमन्त्रीलाई गरेको सम्मान हो कि सिङ्गो नेपाललाई गरेको सम्मान हो ? त्यो सम्मान हेर्दा यस्तो लाग्छ कि कुनै प्रदेशको मुख्यमन्त्री भारत गइरहेछन्, त्यहाँको प्रधानमन्त्रीको शपथमा हाजिर लगाइरहेछन् ।”

शाहीले गिरीबन्धु टि स्टेटको फाइल, मेलम्ची, वाइडबडी, फोरजी जस्ता ठुला घोटालाको फाइल कहिले खुल्छ भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस !