१२ श्रावण २०८१, शनिबार

गण्डकीमा मन्त्रिपरिषद्‌ विस्तार: देवकोटा र मनाङे बने मन्त्री

प्रकाशित मिति :  11 June, 2024 12:36 pm


काठमाडौँ। गण्डकी प्रदेशका नवनियुक्त २ मन्त्रीले शपथ लिएका छन् । आज(मंगलबार) बिहान मन्त्री नियुक्त भएका फणिन्द्र देवकोटा र दिपक मनाङेले मन्त्रीको शपथ लिएका हुन् ।

देवकोटाले उर्जा र मनाङेले भौतिक पूर्वाधारको पथ लिएका हुन् । मनाङे यसअघि पनि सोही पदमा थिए । उनीहरूलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

सोमबार माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हतौडाबाट विजयी नेपाल समाजवादी पार्टीका सांसद देवकोटाले ह्विप जारी भए पनि फ्लोर क्रस गर्दै मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए।

पछिल्लो विस्तारसँगै गण्डकीको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । यसअघि मुख्यमन्त्री पाण्डेका अतिरिक्त बिन्दुकुमार थापा र डा टकराज गुरुङ मन्त्री थिए ।



प्रतिक्रिया दिनुहोस !