१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरू

प्रकाशित मिति :  11 June, 2024 12:44 pm


फाइल फाेटाे।

काठमाडाैँ । प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफल सुरू भएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफल सुरू भएको हो ।

बैठकमा सांसदहरू प्रेम सुवाल, सांसद डा.अमरेशकुमार सिंह, पुष्पबहादुर शाह, बद्रीप्रसाद पाण्डेले खर्च कटौतिको प्रस्ताव पेश गरेका छन् ।

मन्त्रालयगत बजेटको छलफलपछि आगामी आर्थिक वर्षका लागि सरकारले प्रश्तुत गरेको बजेट पारित गर्ने कानूनी व्यवस्था छ।



प्रतिक्रिया दिनुहोस !