१२ श्रावण २०८१, शनिबार

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति नेपाल राष्ट्रिय शिक्षक संगठनको असन्तुष्टि

प्रकाशित मिति :  11 June, 2024 4:02 pm


काठमाडौँ । नेपाल राष्ट्रिय शिक्षक संगठनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएको छ ।
.
मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी सो संगठनले महँगीलाई समेत सम्बोधन हुनेगरी सरकारले आफूहरूको तलबभत्ता वृद्धि नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको हो ।

सरकारले बजेट ल्याउन शिक्षा क्षेत्रलाई प्राथमिकता नदिएको संगठनका महासचिव हंसबहादुर शाहीले बताए । उनले विद्यार्थीको अनुपातलाई हेरेर शिक्षकहरूको दरबन्दीको व्यवस्था गर्ने कार्यक्रम समेत बजेटले नल्याएकोमा आपत्ति जनाए ।

संगठनले शिक्षामा कम्तीमा २० प्रतिशत बजेट व्यवस्था गर्न सरकारसँग माग गर्दै आएको थियो । तर आगामी आर्थिक वर्षको विनियोजित बजेटमा १० दशमलव ९४ प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्टयाइएकोमा आफूहरूको आपत्ति रहेको संगठनका महासचिव शाहीले बताए ।



प्रतिक्रिया दिनुहोस !