१२ श्रावण २०८१, शनिबार

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान

प्रकाशित मिति :  11 June, 2024 6:33 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । उनले बिहीबार अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जेनेभा प्रस्थान गरेका हुन्।

विमानस्थलमा बिदाई गर्न उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, मन्त्रीलगायत उच्च अधिकारीहरू सहभागी भएका थिए।

भ्रमणका क्रममा उनले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबिच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।

राष्ट्रपति पौडेलका साथ उनकी धर्मपत्नी सविता पौडेल रहने छन्। पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने छन्।



प्रतिक्रिया दिनुहोस !