जसपाको अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित
प्रकाशित मिति : 12 June, 2024 1:53 pm
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी स्थापनादेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्ष चयन भएका हुन् । यादवको नेतृत्वमा १८ वर्षअगाडि मधेशी जनअधिकार फोरम नेपाल गठन भएको थियो । धेरै पटक पार्टीको नाम परिवर्तन भएपनि अध्यक्षमा यादव नै रहे । अहिले महाधिवेशनबाट पनि उनी नै निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षबाहेकका पदमा प्रतिस्पर्धा हुने देखिएको छ । २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८।३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।








