टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयोः रेशम चौधरी
प्रकाशित मिति : 12 June, 2024 4:54 pm
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।
बुधवार काठमाडौँमा नेपाल समाजवादी पार्टीको स्थापना दिवस सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पु¥याउनु अपराध हो ? भन्दै प्रश्न गरे । उनले टिकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले कसले घटना गरायो भन्नेकुरा लाल आयोगलाई सोध्न आग्रह गरे ।
उनले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरू जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए ।








