२० मंसिर २०८२, शनिबार

सहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गर्‍यो: अध्यक्ष श्रेष्ठ

प्रकाशित मिति :  12 June, 2024 5:00 pm


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले सहरी विकास मन्त्रालयले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताएकी छिन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा सहरी विकास मन्त्रालयका कार्यक्रमहरू सहर केन्द्रित भएको बताएकी हुन् । उनले बजेटले ग्रामीण क्षेत्रलाई उपेक्षा गरेको बताइन् ।

अध्यक्ष श्रेष्ठले मुलुकको समानुपातिक विकासका लागि ग्रामीण क्षेत्र र दुर्गम क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताइन् । उनले ग्रामीण क्षेत्रमा आवासीय विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकेमा मात्र समग्र देशको विकास सम्भव रहेको बताइन् ।

अध्यक्ष श्रेष्ठले नेपाली सेनाले ठुला–ठुला विकास निर्माणका कामहरू ठेक्कामा लिएर पुनः अरूलाई ठेक्का लगाउने परिपाटीको अन्त्य गर्नु आवश्यक रहेको बताइन् । उनले सेनाले लिएको ठेक्कामा सेनाकै जनशक्ति परिचालन गर्नुपर्ने बताइन् ।



प्रतिक्रिया दिनुहोस !