५ पुस २०८२, शनिबार

काठमाडौंवासी खानेपानीको अभावमा मर्नुपर्ने दिन आउँदै छ : सांसद सुवाल

प्रकाशित मिति :  14 June, 2024 1:41 pm


काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौँवासी निस्सासिएर मर्ने दिन आउन लागेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले मेलम्चीको पानीले काठमाडौँमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौँ उपत्यकावासी खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने बताए ।

“मेलम्चीको पानी अब काठमाडौँलाई पुग्दैन। याङ्ग्री र लार्केखोलाको पानी ल्याएर पनि पुग्ने छैन। यो ल्याउने कहिले होरु २५ वर्ष लाग्यो मेलम्ची ल्याउन। निस्सासिएर काठमाडौँका मान्छे खानेपानीको अभावमा भकाभक मर्ने दिन आउँदैछ। हामीले सुनिराखेका छौँ–अबदेखि मेलम्चीको पानी रोक्दैन भनेर सुनेको यही संसदमा हो। फेरी असारबाट पानी आउँदैन भन्ने आएको छ,” सांसद सुवालले भने।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकार गर्नुपर्छ । देशभरी सुख्खा बढिरहेको अवस्थामा सरकारले पानी पुरणभरणको बन्दोबस्त गर्न सुवालले सझाव दिए ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खानेपानी देशभरी उपलब्ध गराउनको साथै देशभर आर्सेनिक मुक्त खानेपानीको व्यवस्था गरी सबै स्थानीय तहलाई सहरको रुपमा विकास गर्नुपर्ने सुवालले बताए ।



प्रतिक्रिया दिनुहोस !