कपनबाट ६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
प्रकाशित मिति : 17 June, 2024 12:09 pm
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ६ किलो सुनसहित एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित आइतबार राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको सिआइबी स्रोतले जनाएको छ ।
अहिले सुनको तौल परीक्षणको काम जारी रहेको र केही बेरमा सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ ।








