१२ श्रावण २०८१, शनिबार

नीति तथा कार्यक्रम :स्वास्थ, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थान सरकारको पहिलो प्राथमिकता

प्रकाशित मिति :  15 May, 2020 5:22 pm


काठमाडाैं, २ जेठ ।

सरकारले स्वास्थ, शिक्षा, रोजगारी र आर्थिक पुनर्उत्थानलाई आफ्नो प्राथमिकतामा राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा पेश गरेको नीति तथा कार्यक्रममा कोरोनाका कारण सरकारको प्रथमिकता बदलिएको भन्दै अब स्वास्थ्य शिक्षा, रोजगारीर आर्थिक पुनर्उत्थान सरकारको पहिलो प्राथमिकता भएको जानकारी दिईन् ।

कोरोनाका कारण सरकारको लक्ष्य योजना र गतिमा व्यवधान आएको, विकासको गति र आकांक्षामा धक्का पुगेकाले प्राथमिकता बदल्नु परेको सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको ध्यान अहिले कोरोना भाइरस मुक्त बनाउन रहेको भन्दै कारोनाकै कारण नेपालभित्र कुन पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले कोभिड १९ बाट देशलाई मुक्त बनाउनु सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गरिन् ।

यसका लागि सरकारले कोरोना संक्रमणको परीक्षण ब्यापक बनाउने, औषधि उपकरण र चिकित्सक लगायत स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था र परिचालन गर्ने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

कृषि उत्पादकत्व दोब्बर बनाउने र त्यसका लागि आधुनिकीकरण तथा व्यवसायीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रममा भनिएको छ । त्यस्तै कोभिडपछि थप क्षेत्रगत कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।

लकडाउनका कारणले गर्दा अर्थतन्त्र सुस्त भए पनि निर्माणाधीन ठूला आयोजना समयमै सम्पन्न गर्ने सरकारको प्रतिबद्धता छ ।
नीति तथा कार्यक्रममा निर्माणाधीन रूपान्तरणकारी तथा ठूला विकास निर्माण आयोजना समयमै सम्पन्न गर्न बजेटको अभाव हुन नदिने सरकारले उल्लेख गरेको छ ।

सरकारले फजुल खर्च तथा अनावश्यक खर्च कटौती गरी भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस !