७ कार्तिक २०८१, बुधबार

सरकारले दुध किसानलाई वक्यौता रकम तत्काल उपलब्ध गराउनुपर्छः दीपकबहादुर सिंह

प्रकाशित मिति :  19 June, 2024 3:02 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपकबहादुर सिंहले दुध किसानहरुको वक्यौता रकम तत्काल भुक्तानी गर्न सरकारसँग माग गरेका छन् ।

बुधबार बिहान वक्यौता रकम माग गर्दै काठमाडौँको लैनचौरस्थित दुग्ध विकास संस्थानको कार्यालय घेराउ गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सांसद सिंहले उनीहरुलाई तत्काल रिहा गर्न पनि सरकारलाई दवाव दिए ।बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो मन्त्रालयको बजेट न्युन रहेको भन्दै आपत्ति जनाए ।

मुलुकलाई चिनाउने भरपर्दो माध्याम खेलकुद भएपनि सरकारले त्यसका लागि विनियोजन गरेको बजेट नगन्य मात्रामा भएको सांसद सिंहको गुनासो थियो ।

सांसद सिंहले सरकारले खेलकुद क्षेत्रको विकासका लागि बजेट वृद्धि गर्ने कुरामा ध्यान दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !