२० मंसिर २०८२, शनिबार

राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान छः सभापति देउवा

प्रकाशित मिति :  20 June, 2024 10:42 am


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भुमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए । उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे ।

उनले नेपाली काँग्रेस भित्र महिलाहरुमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरुलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे । उनले अहिले संसारभर नै महिलाहरूको अधिकार, समावेशीकरण, समानुपातिक विकासका लागि आवाज उठिरहेको र नेपालमा महिला राष्ट्रपति विद्यादेवी भण्डारी भइसकेको उल्लेख गर्दै उहाँ जस्तै योग्य बन्न आग्रह गरे ।

उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरेको उल्लेख गर्दै नेपाली काँग्रेसले उठाएका उम्मेदवारहरू चुनावमा पराजय हुने भएकाले पराजय हुनेकुरालाई कसरी जित दिलाउने भन्नेतर्फ सोच्न आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !