२० मंसिर २०८२, शनिबार

काँग्रेसकै बिचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोईराला

प्रकाशित मिति :  20 June, 2024 12:51 pm


काठमाडाैँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताएका छन् ।

बिहीवार काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरूबिच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बिचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गरे ।

उनले महिलाहरू लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताए । उनले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताए । उनले अबको निर्वाचनमा महिलाहरूलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरू माहिलालाई दिन जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !