पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेका छौँः गृहमन्त्री लामिछाने
प्रकाशित मिति : 20 June, 2024 5:44 pm
काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पदको दुरुपयोग नगरीकन बजेट विनियोजन गरेको बताएका छन् ।
बिहीवार स्ंसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले पदको दुरुपयोग नगरीकन सन्तुलित रूपमा बजेट विनियोजन गरेको दाबी गरेका हुन् ।
उनले बजेटमा आफूले सकेजति र नागरिकले भनेको आवश्यकताअनुसार विभिन्न ठाउँमा प्राथमिकीकरण गरेर बजेट ल्याएको बताए ।
उनले बजेट पास गरिसकेपछि आफ्नो निर्वाचन क्षेत्र चितवन गएर नागरिकहरूसँग अन्तरक्रिया गर्ने बताए । “बजेट हामीले सकेजति, गर्नसके जति, गर्न परेको आवश्यकताअनुसार विभिन्न ठाउँमा आएको प्राथमिकताअनुसार भएको छ । पदको दुरुपयोग गरिएको छैन । पदको सदुपयोग गरिएको छ । आवश्यकताअनुसार सकेको गरिएको छ,”उनले भने ।








