७ कार्तिक २०८१, बुधबार

पाँच प्रदेशमा मनसुन सक्रिय, आगामी तीन दिनसम्म यस्तो रहनेछ मौसम

प्रकाशित मिति :  21 June, 2024 7:02 am


काठमाडौँ। मनसुनी प्रणालीको प्रभाब कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु र पश्चिमि वायुको आंशिक प्रभाव रहेको छ।

शुक्रवार बिहानीपख गण्डकी प्रदेशको थोरै तथा कोशी, मधेश र बाग्मती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन दिनसम्म चार प्रदेशमा मनसुनको प्रभाव बढ्ने र भारी वर्षासमेत सम्भावना छ।

विभागका अनुसार शुक्रवार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेश र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार राती पनि गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा हुने तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

शनिवार दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका केही, मधेश, र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको हुने साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

शनिवार राती पनि कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

आइतवार कोशी प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।

आइतवार राती मधेश, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा साथै कोशी, बाग्मती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रभावित क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यस बाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !