नयाँ राजनीतिक दलले पुराना दलहरूलाई सम्मान गरेनन्ः प्रधानमन्त्री
प्रकाशित मिति : 21 June, 2024 12:33 pm
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताएका छन् ।
शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवि संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाए ।
उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए । उनले नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बाल्नुपर्ने बताए। पुराना दलहरूको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको बताए ।








