नेपाली काँग्रेस संसदीय दलको बैठक जारी
प्रकाशित मिति : 21 June, 2024 4:44 pm

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस संसदीय दलको बैठक जारी छ ।
शुक्रवार संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक जारी रहेको हो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट पारित हुनुअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
काँग्रेसले बजेट सरकार र सत्तारुढ दललाई केन्द्रित गरेर विनियोजन गरिएको भन्दै आलोचना गर्दै आएको छ ।