अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल
प्रकाशित मिति : 21 June, 2024 6:12 pm
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताए । उनले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताए । महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गरे ।
खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताए ।








