१७ माघ २०८२, शनिबार

रास्वपाबारे ओलीको संक्षिप्त टिप्पणीः राम्रै छ

प्रकाशित मिति :  21 June, 2024 6:58 pm


काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको दुई वर्षे कार्यकाल राम्रै रहेको टिप्पणी गरेका छन् ।

शुक्रवार रास्वपा स्थापना दिवसको २ वर्षको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रममा सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । त्यस अवसरमा ओलीले रास्वपालाई स्थापना दिवसको शुभकामना पनि व्यक्त गरे ।
उनले भने, “शुभकामना छ । रास्वपाको दुई वर्षे कार्यकाल राम्रै छ ।”

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनु भएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले एमालेसँगको सहकार्यमा दोस्रो पटक सत्तारुढ गठबन्धनमा आवद्ध भएको छ ।



प्रतिक्रिया दिनुहोस !