७ कार्तिक २०८१, बुधबार

६ महिना बढी नेपालमा बसेर अध्ययन गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्छः सचिव काफ्ले

प्रकाशित मिति :  22 June, 2024 2:41 pm


काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दीपक काफ्लेले ६ महिना भन्दा बढी समय नेपालमा आइ अनुसन्धान गर्न चाहने विदेशीलाई विद्यार्थी भिसा दिनुपर्ने बताएका छन् ।

शनिवार ललितपुरमा भएको ‘अबको शैक्षिक बाटो, सुहाउँदो समाज र माटो विषयक’रोतोपाटी प्ल्स टु कन्क्लेभका क्रममा बोल्दै उनले कुनैपनि देशबाट नेपालमा आइ ६ महिना भन्दा बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरूका लागि विद्यार्थी भिसा उपलब्ध गराउनुपर्नेबारेमा सरकार स्तरमा छलफल चलिरहेको बताए ।

उनले ६ महिना बढी अध्ययन, अनुसन्धान गर्न चाहनेहरुका लागि विद्यार्थी भिसा दिनसके नेपाल अध्ययन गर्ने गन्तव्यस्थलका रुपमा विकास हुने बताए । उनले सरकारले आगामी आर्थिक वर्षभित्र देशमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको उल्लेख गर्दै १५ लाखमध्ये ५ लाख विद्यार्थीहरु नेपाल भित्र्याउन सक्नुपर्ने बताए ।

उनले धेरै भन्दा धेरै विद्यार्थी भित्र्याउनका लागि सरकार, निजी क्षेत्र, समुदाय र विश्ववद्यालय सबै मिल्न आवश्यक रहेको बताए । संसारमै नभएका कुराहरु रहेको भन्दै नेपालमा रहेको भन्दै नेपाल अध्ययनका लागि महत्वपूर्ण गन्तव्यस्थल बन्नसक्ने जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !