७ कार्तिक २०८१, बुधबार

अब छिट्टै माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको मिति घोषणा हुन्छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  22 June, 2024 4:26 pm


काठमाडाैँ ।प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अब छिट्टै पार्टीको राष्ट्रिय महाधिवेशन हुने घोषणा गरेका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब छिट्टै पार्टी केन्द्रिय कमिटीको बैठक बोलाएर महाधिवेशनको मिति तय गर्ने बताएका हुन्।

समाजवादी क्रान्तिको नेतृत्व पार्टीले लिनुपर्ने भएकाले त्यसका लागि विचार संश्लेषण गरेर अघि बढ्न पनि पार्टीको महाधिवेशनको मिति तोक्न ढिलाई गर्ने अवस्था नरहेको प्रधानमन्त्री दाहालको तर्क थियो । उनले आगामी महाधिवेशनले पार्टीलाई नयाँ अभियानसहित अघि बढाउने र त्यसबाट देशलाई अघि बढाउने सबैभन्दा भरपर्दो शक्तिको रूपमा स्थापित गराउने जिकिर पनि गरे ।

प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, विकास र गणतन्त्रको सुदृढीकरणका माओवादी केन्द्रलाई भरपर्दो शक्तिको रुपमा विकास गर्ने पनि बताए । नेपालमा समाजवादी क्रान्तिको प्रारम्भ छिट्टै हुने उल्लेख गर्दै उनले त्यसका लागि अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

प्रधानमन्त्री दाहालले मुलुकलाई समाजवादको बाटो अघि बढाउन हरेकले पहल गर्नुपर्ने आवश्यकत पनि औंल्याए । 



प्रतिक्रिया दिनुहोस !