७ कार्तिक २०८१, बुधबार

नेपाल आइडल सिजन ५ का विजेता बने बर्दियाका करण परियार

प्रकाशित मिति :  23 June, 2024 8:07 am


काठमाडौँ । बर्दियाका करण परियार आइडल बनेका छन् । शनिवार राती सम्पन्न नेपाल आइडल सिजन–५ को को अन्तिम प्रतिस्पर्धामा उनी विजेता घोषित भएका हुन्।

विजेताले परियारले ट्रफीसहित २५ लाख रुपैयाँ प्राप्त गरे। उनले पोखराकी सलोमी गुरूङ र रेकेन्ड रनरअप दार्जिलिङका सचिन विश्वकर्मा भएका छन्।

बर्दियाको जयनगरका स्थानीयबासी १८ वर्षीय परियार सामान्य परिवारमा हुर्केबढेका हुन् । नेपाल आइडलको मञ्चमा आफूले गीत गाएर आमाबुवालाई प्रत्यक्ष देखाउने उनको चाहना बोकेका उनको आइडल बन्ने सपना शनिवार पुरा भएको छ ।

प्रतियोगितामा फर्स्ट रनरअप सलोमीले ट्रफी र १० लाख रुपैयाँ तथा सेकेन्ड रनरअप सचिनले ट्रफी र ५ लाख रुपैयाँ प्राप्त गरेका छन्।

चार महिनादेखि जारी प्रतियोगितामा दर्शकले दिएको मतका आधारमा विजेता चयन गरिएको हो ।

‘नेपाल आइडल’को पाँचौँ संस्करणमा गायक न्हू बज्राचार्य, सङ्गीतकार कालिप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशीले निर्णायक थिए ।



प्रतिक्रिया दिनुहोस !