७ कार्तिक २०८१, बुधबार

रोल्पा नगरपालिकाको १६० बुँदे नीति तथा कार्यक्रम, एक सहिद एक रूख कार्यक्रमदेखि स्टार्टअपसम्म (पूर्णपाठ)

प्रकाशित मिति :  23 June, 2024 11:29 am


लिवाङ । रोल्पा नगरपालिकाले १६० बुँदामा समेटिएको आगामी आर्थिक वर्ष २०८१\८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

हिजाे (शनिवार) सम्पन्न नगरसभामा नगरप्रमुख सुरेन्द्र घर्तीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा एक सहिद परिवार एक रुख रोप्ने कार्यक्रमदेखि स्टार्टअफ प्रवद्र्धन कार्यक्रसम्म समेटिएका छन् ।

सबै क्षेत्र र वर्गलाई समेटिएको नीति तथा कार्यक्रममा स्थानीय भाषा संरक्षण, प्रवद्र्धन लागु गर्दैै स्थानीय भाषाको पाठ्यक्रम लागु गर्ने, एमबीबीएस र एमडी अध्ययन गर्न चाहनेलाई अनुदान, सबै वडामा सहज इन्टरनेट लगायतका विषय प्राथमिकतामा राखिएको छ।

‘सुशासनबाट गुणस्तरीय सेवा र आर्थिक सामाजिक र पूर्वाधार विकासबाट नगरको समृद्धि’ मुल नारा सहित सार्वजनिक गरेको नीति तथा कार्यक्रममा ‘एक टोल एक पकेट क्षेत्र तथा एक वडा एक ब्लक’ नारा अगाडि सारेको छ ।

पकेट क्षेत्रमा वडा नम्बर १ माहुरी, २ तरकारी, ३ मकै, ४ सुन्तला जात फलफुल, ५ माहुरी, ६ मकै, ७ तरकारी, ८ आलु, ९ मसलाबाली र १० नम्बर वडा आलु पकेट क्षेत्रको रुपमा रहने कार्यक्रम ल्याइएको छ । आगामी वर्ष कषि एम्बुलेन्स संचालन गरिने नगरप्रमुख घर्तीले घोषणा गरे।

यसघि पशुपालन र दूध पकेट क्षेत्रका उत्पादन प्रोत्साहन निरन्तरता, नश्न सुधार, पशु प्राविधिकको उपलब्धता, बाख्रा पकेट क्षेत्रको निरन्तरता, रैथाने बिउ संरक्षण, जुनोटिक रोग नियन्त्रण लगायतका कृषि प्रवद्र्धन प्राथमिकतामा राखिएको छ।

हाटबजार र कोसेलीघरको व्यवस्था गरिने भएको छ । मेड इन रोल्पा घरको स्थापना गरी स्थानीय उत्पादनलाई प्रोत्साहन गरिने घर्तीले बताए ।

सहकारी र समूहको माध्यमबाट कृषि उत्पादन तथा बजारीकरणको अवस्थालाई व्यवस्थित गर्नुका साथै नगरपालिकामा उत्पादन हुने रैथाने बीउको संरक्षण गर्दै आधुनिक बीउ उत्पादनका लागि विशेष कार्यक्रम ल्याइने नगरप्रमुख घर्तीले बताए ।

पालिकाले दिवा खाजाको रूपमा प्रदान गर्दै आइरहेको अनुदानलाई निरन्तरता दिएर दिवा खाजाको रूपमा जंक फुडलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुका साथै जंक फुड प्रयोग गर्ने विद्यालयहरूलाई कारबाही गर्ने घर्तीले घोषणा गरे ।

पालिकामा रोजगार केन्द्र, पर्यटक सूचना पाटी, होमस्टे, करदाता सम्मान, स्वास्थ्यचौकी विस्तार, शिक्षा प्रवद्र्धन, बाटोको स्तरोन्ती, रिचार्ज पोखरी निर्माण, जडिबुटी घरको व्यवस्था लगायतका विषय समेटिएको छन्।

चालु आर्थिक वर्ष २०८०\८१ मा पालिकामा कुल बजेट ७८ करोड १३ लाख १८ हजार ५२ रुपैया विनियोजन गरिएकोमा जेष्ठ मसान्त सम्म ५७ करोड ७० लाख १० हजार ८५रुपैया खर्च भएको घर्तीले बताए । जसमा चालु तर्फ ४७ करोड १५ लाख ४७ हजार ८ सय २५ रुपैया पुजिगत तर्फ १० करोड ५४ लाख ६२ हजार २ सय ६० रुपैया खर्च भएको नगरप्रमुख घर्तीले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !