७ कार्तिक २०८१, बुधबार

संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न बालुवाटारमा शीर्ष तहको बैठक

प्रकाशित मिति :  23 June, 2024 10:13 am


काठमाडौँ । सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष तहका नेताहरुको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी छन् ।

बैठकमा मुख्य सचिव डा वैकुण्ठ अर्याल र सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागि भएका छन् ।

संसद सचिवालयका कर्मचारीहरु अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै विभिन्न ११ बुँदे मागसहित आन्दोलनरत छन् ।

कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक तथा अनौपचारिक रुपमा छलफल गर्दै आएता पनि सहमति जुट्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !