७ कार्तिक २०८१, बुधबार

संसद सचिवालयका कर्मचारीहरूको माग पूरा गर्न सरकारलाई आग्रह

प्रकाशित मिति :  23 June, 2024 1:13 pm


काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेकी छन् । आइतवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले संघीय संसद सचिवालयका कर्मचारीहरूको न्यायोचित मागलाई सम्बोधन गर्नुपर्ने बताएकी हुन् ।

उनले कर्मचारीहरूले अतिरिक्त समयमा गरेको कामको भत्ता नपाएका र सरुवा पनि नहुने भन्दै उनीहरुमाथि अन्याय गर्नु नहुने बताइन् ।

“संसदभित्र हामीहरूलाई सुविधा सम्पन्न गर्ने, हाम्रो कामहरू छिटो छरितो गर्ने, संसद चलेको बेलामा बेलुकासम्म बसेर हामीलाई सहयोग गर्ने हाम्रा सहयोगी हातहरू आज प्लेकार्ड बोकेर बाहिर बसेका छन्,” उनले भनिन् ।

त्यस्तै आकस्म्कि समयमा बोल्दै नेकपा (एमाले) का सांसद ऋषिकेश पोखरेलले स्वास्थ्य बिमा दर्ता सहयोगीहरू विभिन्न माग राखी स्वास्थ्य बीमा बोर्डमा आएका भन्दै उनीहरूको मागको सम्बोधन गर्नुपर्ने बताए । उनले जेठ ६ गते स्वास्थ्य बिमा बोर्डमा आफ्नो माग लिएर जाँदा दमन गरिएको भन्दै दमन गर्नेलाई कारबाही गर्न पनि माग गरे ।



प्रतिक्रिया दिनुहोस !