७ कार्तिक २०८१, बुधबार

सरकारले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल पूरा गर्नुपर्छः सांसद केसी

प्रकाशित मिति :  23 June, 2024 1:24 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

आइतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद केसीले यस्तो माग गरेका हुन् । उनले नुवाकोटको ऐतिहासिक महत्वको साततले दरबार पुनर्निर्माणमा चासो नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त समेत गरे ।

२०७२ सालको भूकम्पले थिलथिलो बनाएको सो दरबारको पुनर्निर्माणको काम चीन सरकारले गर्ने भने पनि अहिलेसम्म सुरू हुन नसकेकाले सरकारले नै सो काम तत्काल सुरू गर्नुपर्ने उनले दबाब दिए । सांसद केसीले चीन सरकारले सो दरबारको पुनर्निर्माणको काम गर्ने नगर्ने भन्नेबारे पनि सरकारले तत्काल वार्ता गर्नुपर्ने आवश्यकता औंल्याए ।

सांसद केसीले भूकम्पपछिको पुनर्निर्माणको काममा सरकार अझै गम्भिर नभएको आरोप पनि लगाए ।



प्रतिक्रिया दिनुहोस !