७ कार्तिक २०८१, बुधबार

राष्ट्रिय सभा सांसदको प्रश्नः महिलाले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ?

प्रकाशित मिति :  23 June, 2024 1:48 pm


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथिको आक्रमणबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गरेकी छन् ।

आइतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले गृहमन्त्रीको जवाफ माग गरेकी हुन् । उनले महिलाहरूले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताइन् । उनले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै प्रश्न गरिन् । उनले छाउपडी गोठको कुरा निर्मुल नभएसम्म उठाइरहने प्रतिवद्धता समेत व्यक्त गरिन् । 

उनले बनेका ऐन,कानूनहरु कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाइन् ।



प्रतिक्रिया दिनुहोस !