७ कार्तिक २०८१, बुधबार

स्याङ्जामा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  23 June, 2024 3:28 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकामा बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिरुवा गाउँपालिका वडा नम्बर ६ चिन्नेबास बस्ने अन्दाजी ८१ वर्षीय दुर्गा बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिए ।

आइतबार दिउँसो वालिङ नगरपालिका वडा नम्बर ८ मिर्दीस्थित सिद्दार्थ राजमार्गमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले थापालाई ठक्कर दिएको थियो ।

सोही बसमा सवार उहाँलाई बसबाट झरि बाटो काट्ने क्रममा ठक्कर दिइ घाइते बनाएको थियो ।

उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले बताएको छ । प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !